काठमाडौं : भाद्र ३०, चर्चित कबि तथा गीतकार दिपा राई पुनको गीति एल्बम प्रतिरूपमा रहेको  गीत ‘मायाको सागर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन भने राजेश थापाको संगीत रहेको छ । बर्तमान समयको सम्बन्ध आत्मिक नभएर कागजि बिबाह हुदै गएको परिवेशलाई गीतको शब्दमा उतारिएको छ ।

खगेन्द्र लिम्बुले म्युजिक भिडियोको निर्देशनमा बनेको गितमा सविना गोपाली, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काको उत्कृष्ट अभिनय रहेको छ । यस गीतलाई दिपा राई पुन को युट्यूब च्यानल बाट सार्वजनिक गरिएको छ ।

यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।